प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने दावी गरेका छन् । उनले औपचारिक ढंगले संसदमा पेश भएपछि एमसीसीबारे आफ्नो पार्टीले धारणा तय गर्ने पनि बताए । बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आफ्नो दलले कारबाही गरेर निस्कासन गरेर माधव नेपालसहितका १४ जना सांसदहरुलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दुरुपयोग गरेको समेत उनले आरोप लगाए ।