शिवम् सिमेन्टको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्सको पब्लिक कम्पनीमा परिणतपछिको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न साधारणसभा शेयरधनीको उपस्थितिमा भर्चुअल माध्यमबाट गरिएको हो । सभाले शेयरधनीलाई चुक्ता पुँजी  ४ अर्ब ४० करोडको २९ प्रतिशतका दरले लाभांश करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभामा कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आव ०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका विवरण, आव ०७८/७९ को आयव्यय लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्तिप्रस्तावसहितका निर्णय पारित गरेको छ ।