जघन्य अपराधका घटना नियन्त्रण गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानुन बनाऔं : संग्रौला

सत्तारुढ नेपाली काँग्रेसकी सांसद डा.डिला संग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि जनाएकी छन् । सांसद संग्रौलाले सो विधेयक बलात्कारजस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न पर्याप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा भयावह ढंगले बढिरहेका त्यस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न अन्तराष्ट्रिय मापदण्ड र संयुक्त राष्ट्रसंघको उदाहरणलाई ध्यानमा राखेर कानुन ब