बुटवल : रुपन्देहीमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सैनामैना नगरपालिका-२ सरौलीस्थित संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाल रहेका छन्।
भुसालले ती बालिकालाई आफ्नै घरमा करणी गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीको टोलीले भुसाललाई पक्राउ गरेको हो।…