दाङ – लागुऔषधको कारोबार गर्ने पाँच जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । छुट्टाछुट्टै तीन स्थानबाट पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।
लागुऔषध ब्राउन सुगरसहित तुलसीपुर उपमहानगरपालीकाको जसपुरका अर्जुन केसीलाई शान्तिनगरको रगैचाबाट र रोल्पा त्रिवेणी गाउँपालीका–३ घर भइ दाङ तुल्सीपुर उपमहानगरपालीकाको बेलुवा बस्ने झक्कु प्रसाद बस्नेतलाई तुल्सीपुरको दमारगाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस्नेतको साथबाट प्रहरीले ३ ग्राम ७९ मिलिग्राम र केसीको साथबाट २३ मिलिग्राम ब्राउन ...