नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापानसँग आग्रह गरेको छ । उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीका लागि चेम्बरले जापानसँग आग्रह गरेको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकासँग आज भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानीको सुरक्षणका लागि आफूहरुले सरकारसँग पहल गर्ने बताए ।