कवि, निबन्धकार थाम्सुहाङकाे ‘शब्दथुम’ सार्वजनिक

काठमाडौं । कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शब्दथुम’ सार्वजनिक भएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति कवि बैरागी काइँला, समीक्षक राजकुमार बानियाँ, निबन्धकारद्धय रोशन शेरचन र कुमारी लामाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे । कार्यक्रममा बोल्दै वरिष्ठ कवि काइँलाले थाम्सुहाङले ऐतिहासिक १७ थुमबारे नलेखेर किन ‘शब्दथुम’ मात्रै लेखे भनेर आफूलाई जिज्ञसा […]