काठमाडौं । जबर्जस्ती करणी र मानव बेचबिखनको आरोपमा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले उदयपुरको त्रियुगाका ३४ वर्षीय दीपककुमार बस्नेतलाई पक्राउ गरेको हो । अदालतले बस्नेतलाई १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । ब्युरोका अनुसार बस्नेतले २०७६ सालमा पिडितलाई विवाह नगरे फेसबुकमा लेखेर आत्महत्या गर्छु […]