पोखराको प्रमुख ताल रुपामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटकीय आकर्षणका लागि तालमाथि पुल बनाइएको हो ।२ सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि पर्यटकको आकर्षण तालमा परेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ र रुपा गाउँपालिका वडा नम्बर ६ जोड्ने गरी पुल निर्माण गरिएको हो ।पुलको उद्घाटन नहुँदै पर्यटकहरू घुम्न जाने क्रम बढेको पोखरा ३१ का अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए । भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको उक्त पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार लागतमा बनेको हो । ‘तालमाथ