फागु पूर्णिमा आगमनको संकेत स्वरुप बसन्तपुरमा ठड्याइयो ध्वजासहितको चीर

काठमाडौं । फागु पूर्णिमाको आगमनको संकेत स्वरुप काठमाडौंको बसन्तुपुरमा आज चीर ठह्याइएको छ । बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज बिहान ७ बजेको शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको तीन तले चीर ठड्याएका हुन् । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ […]