लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा शंकर पोखरेलले पुनः पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखले उनलाई शपथ गराएसँगै आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजाल नियुक्त भएका छन् । उनीहरुको पनि आजै शपथ भएको छ ।