मोदी सरकार अमेरिकाको गुलाम बनेको भन्दै मणिशंकर अय्यरले गरे आलोचना

भारतको विपक्षी दल कांग्रेसका नेता मणिशंकर अय्यरले मोदी सरकारको परराष्ट्रनीतिको आलोचना गरेका छन् ।  सन् २०१४ पछि रुससँग भारतको सम्बन्धमा चोट पुगेको अय्यरले बताए । विगत सात वर्षमा भारत अमेरिकाको गुलाम बनेको अनि चीनबाट बचाउन अमेरिकालाई गुहारिरहेको अय्यरको भनाइ छ ।  इन्डो रसिया फ्रेन्डशिप सोसाइटीको एक कार्यक्रममा भाग लिन पुगेका अय्यरले सन् २०१४ पछि भारतको परराष्ट्रनीति बदलिएको बताए । उनले भने, ‘विगत सात वर्षमा असंलग्नताको कुरै सुनिन छोडेको छ । शान्तिको पनि कुरा हुँदैन ।’ भारत र रुसको सम्बन्ध...

सम्बन्धित सामग्री

‘देप्साङ त गयो’, राहुल गान्धीले लगाए भारत सरकारमाथि चीनलाई भूभाग सुम्पिएको आरोप

नरेन्द्र मोदी सरकारले काराकोरम पास नजिकको रणनीतिक विन्दुका रूपमा रहेको देप्साङ चीनलाई सुम्पेको आरोप भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले लगाएका छन् । चिनियाँ जनमुक्ति सेनाले उक्त क्षेत्रमा उपस्थिति बढाएको विषयमा लेखिएको एक आलेखको लिंक ट्विटरमा शेयर गर्दै राहुलले मोदी सरकार चीनसमक्ष झुकेको भन्दै आलोचना गरे ।...