थोरै जनशक्तिले कार्यालय सञ्चालन गर्न जङ्गी अड्डाको सर्कुलर

नेपाली सेनाले कोभिड–१९ को तेस्रो चरण सुरु भएसँगै थोरै जनशक्तिले सैनिक गतिविधि सञ्चालन गर्न देशभर सर्कुलर गरेको छ । नेपाली सेनाको युद्धकार्य निर्देशनालयले आइतबारबाट लागु हुने गरी उपत्यका सहित चारवटा कमाण्ड र मातहतका सबै युनिटलाई सो सर्कुलर गरेको हो ।सर्कुलर अनुसार कार्यालय सञ्चालन गर्दा न्यूनतम जनशक्ति मात्रै परिचालन गर्न भनिएको एक जना उच्च सैनिक अधिकारीले रातोपाटीलाई बताए । सेनाले अन्य सैनिक गतिविधि गर्दा पनि न्यूनतम सैनिक सङ्ख्या परिचालन गर्न भनेको छ । कोभिड–१९ सङ्क्रमितको सङ्ख