रुस-युक्रेन युद्धका कारण खाद्य अभाव : खाद्यान्न उपलब्ध गराउन भारत तयार

रुस-युक्रेन युद्धका कारण खाद्य समस्या बढ्दै गएको बेला भारतले बाँकी विश्वलाई खाद्यान्न उपलब्ध गराउन तयार रहेको बताएको छ । युद्धको प्रभावले विश्वभर खाद्यान्नको मूल्य बढिरहेको छ भने कतिपय बजारमा अभाव नै सुरु भएको छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यदि विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले अनुमति दिएमा तत्कालै उपलब्ध गराउन सक्ने बताउनुभएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री मोदीले भारतसँग एक अर्ब ४० करोड मानिसलाई पुग्ने पर्याप्त खाद्यान्न भण्डारणमा रहेको बता...