अमेरिकामा अब मास्कलाई बाईबाई

बीबीसी। राष्ट्रपति जो बाइडेनले आफ्नो ओभल अफिसमा सांसदहरुमाझ मास्क उतार्दै अमेरिकाका लागि यो ‘एउटा ठूलो दिन’ भएको बताए। अमेरिकामा अब खोप लगाइसकेका मानिसले मास्क लगाउनुपर्ने छैन। अधिकारीहरुले नयाँ दिशानिर्देश गर्दै अब अमेरिकाका अधिकांश ठाउँमा मास्क नलगाई जान सकिने बताए। तर भीडभाड हुने ठाउँ, सार्वजनिक बस, विमानयात्रा तथा अस्पतालमा मात्र मास्क लगाउनु पर्नेछ। अमेरिकामा अब विद्यालय पनि खुल्नेछन्।