माेरङ – विराटनगर विमानस्थलमा दलहरूले लैजाने कार्यकर्तालाई भित्र प्रवेशमा थप कडाइ गरिने भएको छ । दलहरूबीच बढ्दै गएको असमझदारीले विमानस्थलमा सुरक्षा चुनौती हुने निष्कर्ष निकाल्दै अब विमानस्थलमा भीआईपीका लागि स्वागतमा जाने जो–कोहीलाई विमानस्थल भित्र पस्न कडाइ गर्न लागिएको हो ।
विराटनगरमा संवाद समूह मोरङले विराटनगर विमानस्थलको व्यवस्थापनका बारेमा गरेको कार्यक्रमका क्रममा मोरङका राजनीतिक दल तथा प्रशासनले भिड व्यवस्थापनका लागि कडाइ गर्ने सहमति गरेका हुन् । २०७१ साल साउन ५ गतेको राजपत्र र २०७६ वैशाख १६ पछिको...