कुनै समय थियो जब खुल्लामञ्चमा भाषण गुञ्जिन्थे तब नजिकै रहेको राजदरबारदेखि सिंहदरबार तर्सिन्थे। खुल्लामञ्चमा उभिएर गरिने भाषणका शब्द शब्दले आउने दिनको संकेत गर्थ्यो। राजालाई चुनौती दिने देखि गणतन्त्र ल्याउन यही खुल्लामञ्च नेताहरुको सहारा भए। लोकतन्त्र गणतन्त्र स्थापना गर्न यही खुल्लामञ्च केन्द्र बनेको थियो राजनीतिक दलहरुको।
तर नेतालाई नेता बनाउने खुल्लामञ्चलाई…