सिन्धुपाल्चोकका ४९४ घर विपद् जोखिममा, पनाैती भासिएर रोसीमा पुग्ने चेतावनी

हेटौंडा : सिन्धुपाल्चोकको ४ सय ९४ घर बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। बिहीबार हेटौंडामा बसेको बागमती प्रदेशको संसद बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डेले सिन्धुपाल्चोकको ४ वटा स्थानीय तहको ४ सय ९४ घर विपद्को जोखिममा रहेको बताएका हुन्।पाण्डेले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको तीनसय ५०, हेलम्बु गाउँपालिकाको एक सय २०, मेलम्ची नगरपालिकाको २० र पाँचपोखरी थाङपाल गाउँपालिकाका ४ वटा घर अझै पनि बाढी पहिरोको उच्च जोखिममा रहेको जानकारी दिएका छन्। गएको अस