पहिरो गएका कारण शुक्रबार बिहानैदेखि नारायणगढ मुग्लिन सडक खण्डमा यातायात ठप्प आज शनिबार दिनभर पनि नखुल्ने सम्भावना छ । कालीखोला नजिक यस वर्षकै ठुलो पहिरो गएका कारण अवरुद्ध बाटो आज दिउँसो तीन चार बजे मात्रै खुल्ने सम्भावना रहेको नारायणगढ मुग्लिन सडक आयोजानका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।