२६ भदौ, काठमाडौं । हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिधादान तथा पिण्डदान गर्ने परम्परा छ । सोह्रवटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यसलाई सोह्रश्राद्ध भन्ने गरिन्छ । आशौचका कारण आश्विन कृष्ण प्रतिपदादेखि आश्विन […]