सरकारले आगामी चैतभित्र तुइन विस्थापन गर्ने गरी काम गरिरहेको छ ।
कोरोनाको प्रकोप बढिरहेको बेलासमेत स्वास्थ्य मापदण्ड पूरा गर्दै तुइनको स्थानमा झोलुङ्गे पुल निर्माणको काम धमाधम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।
देशभर १४३ वटा तुइन रहेकोमा अहिलेसम्म १३१ वटा तुइन विस्थापन गरी सो स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।
विभागका महानिर्देशक इश्वरचन्द्र मरहट्ठाले बाँकी रहेका झोलुङ्गे पुल निर्माण कार्य धमाधम भइरहेको बताए । गोरखापत्र ...