काठमाडौँ – माओवादीमा संघदेखि प्रदेशसम्मको मन्त्री नियुक्तिमा जनार्दन शर्मा हाबी भएका छन्। मन्त्री बनेर अवसर पाउनेमा अधिकांश शर्मा निकट नेताहरु परेका हुन्। एमालेसँग भन्दा कांग्रेससँगकै गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका शर्माले आफ्नो मान्यता भन्दा फरक गठबन्धन बन्दा पनि निकटस्थलाई अवसर दिलाउन सफल भएका हुन्। माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछि दोस्रो तहका नेताहरुमा वर्षमान पुन […]