चुनावमा राम्रो नतिजा ल्याउन समन्वय समिति बनाउने प्रचण्डको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउनेमा  सम्पूर्ण ध्यान केन्द्रीत गरिने बताएका छन् । त्यसका लागि हरेक प्रदेशमा समन्वय समिति बनाइने प्रचण्डको भनाइ छ । बिहीबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले सबै प्रदेशहरूमा समन्वय समिति बनाएर फिल्डमा खटिने बताएको एक नेताले बताए ।‘अब निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउनु छ । त्यसका लागि सबै प्रदेशमा समन्वय समिति बनाइने छ । त्यो समितिले नेता कार्यकर्तालाई फिल्डम