नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्कियो

काठमाण्डाै – नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्किएको छ । बिहान नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एअरको डोर्नियर जहाज बँदेलसँग ठोक्किएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले बताउनुभयो । अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । जहाजमा तीन जना चालक दलका सदस्यसहित १४ जना यात्रु थिए । जहाजमा सामान्य क्षति बाहेक यात्रु सुरक्षित रहेको सीता एअरले जनाएको छ ।  

सम्बन्धित सामग्री

नेपालगञ्ज विमानस्थलमा फेरि जनावरसँग ठोक्कियो विमान

८ मंसिर, काठमाडौं । नेपालगन्ज विमानस्थलको धावनमार्गमा बुधबार साँझ बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा जनावरसँग ठोक्किएको छ । नेपालगञ्ज विमानस्थल स्रोतकाअनुसार सानो खालको जनावरलाई जहाजले अवतरण गर्ने क्रममा किचेको पाइएको छ । यसअघि अघिल्लो महिना सीता एयरको जहाजमा बँदेलका बच्चा ठोक्किएका थिए । बुधबार साँझ स्यालको बच्चा, बिरालो वा खरायो के थियो भन्ने नखुलेको स्रोतको […]