राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । एमसीसीको विषयमा असन्तुष्टि जनाउँदै पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएपनि जनमोर्चाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो । फागुन २३ गते बसेको जनमोर्चा केन्द्रीय सचिवालयको बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको निर्माण केपी ओलीले लादेको प्रतिगमन विरुद्धको संघर्षको सफलताको परिणाम भएको थियो । अहिले पनि प्रतिगमन व