धाराको सफा पानी खान पाएपछि औरिवासी मक्ख

दाङ : बर्दियाको बारबर्दिया नगरपालिका-८ औरीका गोकर्ण रेग्मीले विगत ३ वर्षदेखि धाराको पानी खान पाउँदा निकै खुशी भएको बताए।उनले गाउँमा खानेपानी आयोजन सञ्चालन हुँदा ट्युबेलको पानी खाने गरेका थिए। उक्त पानी भाँडोमा राख्दा रातो आउने  भएयता पनि बाध्यताले खानु परेको भन्दै अहिले खानेपानी आयोजना सञ्चालनमा आएपछि  सफा पानी खान पाउँदा धेरै खुशी लागेको सुनाए। उनले भने,‘गाउँमा पानीको अन्य स्रोत थिएन। सबैले घर घरमा ट्युबेल बनाएर पानी खाने गर्थ्यौँ। उक्त पानी खान योग्य थिएन। तर, हामीले बाध्य