तिलोत्तमामा अनलाइन प्रणालीबाट घर नक्शा पास

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरको नक्शा अनलाइन अर्थात् इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयरबाट पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।  पेपरलेस नगरपालिकाको अवधारणाअनुसार अघि बढेको तिलोत्तमाले घर नक्शाको काम विद्युतीय नक्शा पास प्रणालीबाट गर्ने व्यवस्था मिलाएको हो । नगरपालिकामा राजस्व भुक्तानीलगायतका विभिन्न सेवा प्रवाहका काम अनलाइनबाट हुँदै आएका छन् । छिटोछरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्शा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रम...