प्रभु बैंकका ग्राहकले केशिज रेष्टुरेन्ट एण्ड बारमा छुट पाउने

काठमाडौँ। प्रभु बैंक लिमिटेड र ठमेल स्थित केशिज रेष्टुरेन्ट एण्ड बार प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र केशिज रेष्टुरेन्ट एण्ड बार प्रालिका तर्फबाट प्रोप्राइटर सुबोध शाक्यद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।