खाद्यमा फोन - मेरी श्रीमती सुत्केरी छिन्, एक लिटर तेल चाहियो !

मेरी श्रीमती सुत्केरी छिन्, मलाई एक लिटर तेल चाहियो ! भन्दै फोन आउँदा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारी अचम्ममा परे । कुरा अस्ति जेठ १४ गते बेलुकीपखको हो । कम्पनीका विभागीय प्रमुख भीमबहादुर थापाले निषेधाज्ञाको समयमा समस्यामा परेका कोही व्यक्तिले गरेको फोन होला भन्ने ठानेर हत्तपत्त उठाउनुभयो । तर कुरा सुन्दा फोन गर्ने मान्छे समस्यामा परेको जस्तो उहाँलाई लागेन । उहाँले फोन गर्ने व्यक्तिलाई सोध्नुभयो, ‘सुत्केरीलाई एक लिटर तेल मात्रै चाहिएको हो कि अरु खाद्यान्नका सामान पनि चाहिएको ?’...