भिडन्त जारी रहेकै बेला दोहामा तालिवान र अफगान सरकारबीच छलफल

अफगान सरकार र तालिवानका प्रतिनिधिहरूबीच कतारको दोहामा उच्चस्तरीय छलफलका लागि भेट भएको छ । अफगानिस्तानमा भिडन्त जारी नै रहेका बेला सहमतिका लागि दुबै पक्षले कतारमा भेट गरेका हुन् । पछिल्ला केही महिनादेखि दुई पक्षबीच बारम्बार दोहामा भेट भइरहेको छ । तर, अफगानिस्तानबाट विदेशी सेना फर्कन थालेसँगै तालिवानले विभिन्न भूभागहरु कब्जा गर्दै गइरहेको छ, जसकारण अवस्था बिग्रँदो छ । दोहामा छलफलका लागि गएको सरकारी प्रतिनिधिमण्डलमा पूर्व प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहसहित उच्च अधिकारीहरु सहभागी छ

सम्बन्धित सामग्री

इरानी प्रतिनिधिमण्डल सीमा विवाद बारे छलफल गर्न अफगानिस्तान पुग्याे

काठमाडौं । इरान र अफगानिस्तानबीच सीमा विवाका विषयमा छलफल गर्न इरानी विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल अफगानिस्तान पुगेको छ । अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डल काबुल पुगेको हो । इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिवान सेनाहरूबीच विवाद भएपछि इरान चिन्तित […]

आज बस्न लागेको राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा अफगान संकटबारे छलफल हुने

काठमाडौँ । अफगानिस्तानको सत्ता तालिवान विद्रोहीले हात लिएपछि आज राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दैछ । भारतले अध्यक्षता गर्ने बैठकमा अफगानिस्तानको पछिल्लो संकटमाथि समीक्षा हुने जनाइएको छ ।

नेटोसहितका अमेरिकी प्रतिनिधिसँग छलफल गर्दै अफगान राष्ट्रपति घानी

तालिवान लडाकुले राजधानी काबुललाई चारैतिरबाट घेरेपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको मनस्थितीमा पुगेका राष्ट्रपति असरफ घानी अहिले नेटोसहितका अमेरिकी प्रतिनिधीसँग छलफलमा व्यस्त रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्। तालिवानले आइतबार बिहानै देशको प्रमुख प्रशासकीय केन्द्र काबुललाई चारैतिरबाट घेरा हालिसकेको थियो। तालिवानले शान्तिपूर्ण सत्ता हस्तान्तरण भए काबुलमा आक्रमण नहुने बताइरहेको छ। देशका सम्पूर्ण सिमाहरु तालिबानले पकडमा लिएपछि […]

वार्ता गर्न अफगान राष्ट्रपतिको कार्यालय जाँदैछन् तालिवान प्रतिनिधि

शान्ति पूर्ण सत्ता हस्तान्तरणबारे छलफल गर्न तालिवान प्रतिनिधिले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग भेट्ने भएका छन्। अमेरिकी समाचार संस्था एपीका अनुसार उनीहरु घानीलाई भेट्न राष्ट्रपति कार्यालय जाँदैछन्। तालिवान लडाकुहरुले काबुललाई चारैतिरबाट घेरेसँगै शान्तिपूर्ण शत्ता हस्तान्तरणका लागि वार्ताको प्रयास हुन लागेको उल्लेख गरिएको छ। तालिवान प्रवक्ताले आइतबार एक विज्ञप्ति जारी गर्दै लडाकुहरुलाई काबुलको गेटमै रहिरहन निर्देशन दिएको […]