काठमाडौँ : फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल पुगेर राहदानी सेवा दिन थालेको छ। विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली राजधानी लिस्बन पुगेको हो।लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी आइतवारदेखि नै राहदानी सेवा दिन थालेको छ।आइतवार पहिलो दिन राहदानीको म्याद सकिएका, क्षति भएका, राहदानी हराएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा बायोमेट्रिकका ला