काठमाडौं। नेपाल सुपर लिगले प्रतियोगिताको आचरसंहिता उल्लङघन गरेको भन्दै विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान ललाई एक सिजनका लागि प्रतिबन्ध लगाएको छ। एनएसएलले ललाई बैशाख २५ गते सम्पन्न ललितपुरसिटी विरुद्धको खेलमा रेफ्रीको निर्णयप्रति आक्रोस पोख्दै खेलाडीलाई मैदान छाड्न निर्देशन दिने मुख्य दोषी ठहर गरेको छ। ललाई ५० हजार नेपाली रुपैयाँ जरिवाना पनि गरिएको एनएसएलले जनाएको छ।