विषादी सेवनबाट एक जनाको मृत्यु

बैतडी :  विषादी सेवनबाट बैतडीमा एक जनाको ज्यान गएको  छ।  जिल्लाको शिवनाथ गाउँपालिका –२ मडैका ५५ वर्षिय  गंगा सिंह मडैको  तरकारीमा प्रयोग हुने विषादी सेवनबाट ज्यान गएको हो।विषादी सेवनपछि बेहोस भएका  मडैलाई   उपचारका लागि डडेल्धुरा लैजाने  क्रममा शिवनाथको  बोगडा भन्ने  ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  उनले विषादी सेवन किन गरे भन्नेबारे खुल्न बाँकी छ। घट