थिमीमा अचेल दसैँमा पनि बिक्दैन कमेराे

भक्तपुर : कुनै समय यस्ताे थियो, दसैँको आगमनसँगै मध्यपुर थिमी–५ हात्तीमहाँकालका कृष्णबहादुर खड्गीलाई भ्याइनभ्याइ हुन्थ्यो। मासु व्यापार पुर्ख्यौली व्यवसाय भएका खड्गीलाई दसैँमा कमेरो (सेतो माटो)को व्यापारले फुर्सद हुँदैनथ्यो।   ‘दसैँ आउन एक महिनाअघि नै कमेरो संकलनका लागि खानी जानुपर्थ्यो। सोह्र...