चेपाङ समुदायका विपन्न परिवारलाई देशैँ खर्च सहयोग

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका-९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादशैँ मनाउनका लागि राहत वितरण गरेको छ। देसैँ मनाउनका लागि सहजताको लागी पालिकाले  पालिकाभित्र रहेकोे तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो। पालिकाले प्रति सदस्य जनही एक/एक हजारका दरले आर्थिक सहयोग गरेको छ। आठ जना सदस्य रहेको जुनामाया चेपाङलाईय आठ  हजार, चार जना […]

सम्बन्धित सामग्री

चितवन चेम्बर्स अफ कमर्सद्वारा विपन्न परिवारलाई राहत सामग्री वितरण

असार १५, चितवन । चितवन चेम्बर्स अफ कमर्सले ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ र ५ का चेपाङ समुदाय र विपन्न परिवालाई राहत सामग्री तथा मास्क वितरण गरेको छ ।  चितवनको एकमात्र गाउँपालिकामा ती समुदायको दैनिक जीवनयापनमा सहज होस् भन्ने हेतुले सोमवार ६० घरधुरीलाई उक्त सामग्री वितरण गरिएको हो ।  वितरण कार्यक्रममा बोल्दै  चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता समुदायलाई लक्षित गर्दै राहत सामग्री वितरण गरिएको बताए । ‘हामीले निषेधाज्ञाको समयमा अझैपनि मानिसहरु भोकै छन् भन्ने सुन्यौ, राहतको लागि अनुरोधसँगै हामी राहत सामग्री लिएर आईपुग्यौं ।’ श्रेष्ठले भने । निषेधाज्ञाले व्यवसायी आफैँ समस्या परेपनि आफूहरुले यस्ता सामाजिक कार्यमा सक्दो सहयोग गर्दै आईरहेको उनको भनाइ छ ।  सो अवसरमा बोल्दै वडा नम्बर ५ का अध्यक्ष मोदराज सिलवालले यस पालिकामा अधिकांश समुदाय गरीबीको चपेटामा रहेको भन्दै यस्ता सहयोगले त्यस्ता समुदाय र घरधुरीको चुल्हो बाल्न सहयोग पुगेको बताए । यस्तो विषम परिस्थितिमा विभिन्न निजी तथा गैह्र सरकारी संस्थाले सासको लागि सिलिण्डर र गासको लागि राहत सामग्री सहयोग गर्दै स्थानीय सरकारसँग हातेमालो गरेकोमा आभार प्रकट गरेको बताए ।  वितरण कार्यक्रममा चेम्बरका उपाध्यक्ष गोपाल भट्टराई, सचिव, बालकुमार श्रेष्ठ, कोषाध्यक्ष निर्मला पण्डित सदस्य रुवीन रामुदामु, महेश तिवारी लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।