भारत सरकारले पेगाससमार्फत अनधिकृत रूपमा नागरिकको जासूसी गरेको आरोपका बीच विगत केही दिनदेखि संसद् अवरुद्ध बनिरहेको छ ।
विपक्षी दलका नेताहरूले संसदीय बैठक राम्ररी चल्न नदिएको आरोप सत्तापक्षले लगाइरहेको छ ।
बुधवारको बैठकमा कांग्रेस र तृणमूल कांग्रेसका सांसदहरूले कागज च्यातेर सभामुखको कुर्सीतर्फ फ्याँके । उनीहरूले संसदीय मामिलामन्त्रीतर्फ पनि कागज फ्याँके । त्यसपछि सत्तारूढ दलका सांसदहरू पनि रिसाएर कुर्सीबाट उठेका थिए ।
लोकसभामा होहल्ला गर्दै विपक्षी दलका सांसदहरूले कागज र फाइलहरू च्यातेर फ्याँक...