भक्तपुर अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा खर्वुजा

भक्तपुरमा रहेका अटोमोबाइल्स व्यवसायीहरुको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरिएको छ । सात सदस्यीय एसोसिएसनकोे सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति रहेका छन् । सदस्यहरुमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ रहेका छन् ।भक्तपुरमा अटोमोबाइल्ससम्बन्धी काम गर्ने सम्पूर्ण व्यवसायीको हकहितको उद्देश्यका साथ एसोसिएसन गठन गरेको अध्यक्ष खर्वुजाले जनाए । […]