काठमाडौं : नेपालमा पशुपालन गर्ने कृषकको संख्या बढेको छ। राष्ट्रिय तथ्यांक विभागले विहिबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ अनुसार गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार ८५७ बाट बढेर ३४ लाख पाँच हजार १४ जना पुगेका छन्।गाई/गोरुको संख्या करिब ४६ लाख रहेको पाइएको छ। यस्तै, राँगा/भैँसीको संख्या करिब २९ लाख, बाख्रा/खसी/बोका/च्याङ्ग्राको संख्या करिब १ करोड ४२ लाख रहेको विभागले जनाएको छ।विभागका अनुसार सुँगुर/बंगुर/बँदेलको संख्या करिब १४ लाख, कुखुराको संख्या करिब ४