बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरले सेवा दिँदा बिरामीलाई सहज भएको छ। कोभिड अस्थायी अस्पताल स्थापना भएपछि गत पुस २० गतेदेखि एमबिबिएस डाक्टर कुमार कार्की आएका छन्। कोरोनाका जटिल बिरामीको स्थानीयस्तरमै उपचार गर्न अस्थायी अस्पताल स्थापना गरिएको थियो। तर कोरोनाका जटिल बिरामी नआउँदा डाक्टर कार्कीले हाल श्रीकोट स्वास्थ्य चौकीमा बसेर परामर्श तथा सेवा दिइरहेका छन्। डाक्टरले सेवा दिन थालेपछि सेवाग्राहीको संख्या पनि बढेको श