विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङले आज सोमबार विराटनगरमा दसैं, तिहार, छठ तथा नेपाल संवत् अवसरमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुँदैछन्।चियापान कार्यक्रममा एकीकृत समाजवादी दललाई पनि निम्तो दिइएको भए पनि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहभागी नहुने भएको छ। ओली सहभागी कार्यक्रममा सहभागी नहुने नेकपा (एस) मोरङका प्रवक्ता ओसिम आलमले बताए। मोरङस्थित नेकपा (एस)ले कात्तिक १३ गते आयोजना गरेको