विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको संयुक्त राष्ट्र सङ्घको चेतावनी

संयुक्त राष्ट्र सङ्घले विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको प्रतिवेदन सार्वजनिक गरेको छ ।  अध्ययन प्रतिवेदनले विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासका लागि विश्वसनीय मार्गचित्र नदेखिएको जनाएको छ । वैज्ञानिकहरूले तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा विश्वभरिका मानिसमा नकारात्मक प्रभाव पर्ने बताएका छन् । राष्ट्र सङ्घको प्रतिवेदनले गएको वर्ष स्कटल्यान्डकाे ग्लास्कोमा भएको जलवायु सम्मेलन कोप–२६ यता कार्बन उत्सर्जन कटौती गर्ने विभिन्न देशका सरकारहरूको य...