प्रतिव्यक्ति आयको भ्रमपूर्ण लक्ष्य: २०८४ को लक्ष्य २१०० मा मात्र पूरा हुने

नेपालको संविधानको धारा २६९ (१) अनुसार समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्न, त्यसको प्रचारप्रसार गर्न, गराउन वा उक्त प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २० (३) मा दलले आफ्ना नीति, कार्यक्रम, योजना वा रणनीति सार्वजनिक गर्न वा उक्त विषयमा प्रचारप्रसार गर्न सक्ने उल्लेख छ । आफ्ना नीति, कार्यक्रम, योजना वा रणनीति सार्वजनिक गर्ने वा उक्त विषयमा प्रचारप्रसार गर्ने सम्बन्धमा दलहरूले मूलरूपमा चुनावी घोषणापत्र/आमसभामार्फत सार्वजनिक गर्ने गर्छन् ।  घोषणापत्र लिखित माध्यमका रूपमा भए तापनि त्यसमा उल्लिखित विषयको आधिकारिकता, विश्वसनीयता वा जवाफदेहीबारे पुष्टि वा परीक्षण गर्ने कुनै छुट्टै स्वतन्त्र संस्थागत वा आधिकारिक अनुगमन र मूल्यांकनको परिपाटी वा संयन्त्र/निकाय नभएको सन्दर्भमा दलहरूले आफ्नो दल प्रतिस्पर्धी दलहरूभन्दा सक्षम र सबल रहेको देखाउन र तत्काल चुनावलाई आफ्नो पक्षमा पार्न असम्भव र झूटा कुरा घोषणापत्रमा समावेश गरेका हुन्छन् ।  चुनावको पूर्वसन्ध्यामा लोभलाग्दा तर कुनै व्यवस्थित गृहकार्य नभएका र लक्षित समय एवम् बजेटमा पूरा हुन असम्भव रहेका घोषणाहरूमार्फत राजनीतिक दल र उम्मेदवारहरू कार्यक्रम ल्याउँछन् । पूरा नहुने सपनाका घोषणा र शब्दजालको बढीबढाउ प्रक्रियामा राजनीतिक दलबीच प्रतिस्पर्धा हुने र जनतासामु पनि अन्य विकल्प नभएकाले त्यस्तो घोषणालाई ग्रहण गर्नुपर्ने बाध्यता बनेको हुन्छ । सत्तामोहले अभिप्रेरित यी झूटा घोषणाहरू चुनावको समयसम्मका लागि मात्र चर्चामा रहने, चुनावपछि आफू सत्तामा वा सत्ताको वरपर रही राज्य दोहनमा सहभागी बन्ने र त्यसपछि अर्को चुनावमा त्यस्तै नयाँ चुनावी नारा सृजना गरिन्छ । चुनावी घोषणा विश्वसनीय र कार्यान्वयनका लागि हुनुपर्नेमा वक्तव्यबाजीमा सीमित हुने तथा कार्यान्वयन पक्षमा कुनै ध्यान नदिने गरेकाले सम्पूर्ण राजनीतिक र चुनावी प्रक्रिया नै अप्रभावकारी र अविश्वसनीय बन्न गई विकासको आकांक्षा अधुरो र अपूरो रहन गएको स्थिति छ । यस्तो प्रवृत्ति देश, जनता, अर्थतन्त्र र राजनीतिक प्रणालीका लागि घातक र प्रत्युत्पादक रहेको तथा यस्तो परिवेशबाट कदापि दिगो, भरपर्दो, विश्वसनीय र उपयुक्त परिणाम र प्रतिफल प्राप्त हुन नसक्ने भएकाले मतदातामा चरम निराशा, असन्तोष र अनिश्चितता बढ्दो छ ।  यसै परिप्रेक्ष्यमा विसं २०७४ मा प्रतिनिधिसभाको निर्वाचनको क्रममा घोषणापत्रमार्फत सार्वजनिक गरिएको १०–वर्षे अवधि (२०७५–२०८४) मा नेपालको प्रतिव्यक्ति आयको प्रक्षेपण सम्बन्धमा दलहरूले गरेको घोषणालाई विचारविमर्श गर्नु यहाँ सान्दर्भिक हुने देखिन्छ । प्रचलित मूल्यमा नेपालको प्रतिव्यक्ति आय २०७४ मा १,०२८ अमेरिकी डलर थियो । राजनीतिक दलले २०७४ मा हुँदै गरेको चुनावमा आफ्नो पार्टी विजयी भएमा २०८४ मा नेपालको प्रतिव्यक्ति आय कम्तीमा ५ हजार डलर पुर्‍याउने गरी आर्थिक वृद्धि र विकासका कार्यक्रम र गतिविधि सञ्चालन गरिने आफ्नो घोषणापत्रमा उल्लेख गरेका थिए ।  यथास्थितिमा हुने आवधिक निर्वाचन र त्यसमा आधारित राजनीतिक प्रक्रिया र प्रणालीले राष्ट्र र जनताको अवस्था, सम्भावना, अवसर र भविष्यमा सकारात्मक योगदान दिन नसक्ने देखिन्छ ।  घोषणापत्रको परिच्छेद ५ मा सामाजिक–आर्थिक रूपान्तरणका मुख्य नीतिहरूको क्रम संख्या १० मा उल्लेख गरिएका वाचाहरू यस्ता थिए : ‘आगामी ५ वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्‍याइनेछ । १०–वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्नेगरी आर्थिक वृद्धिलाई १० प्रतिशत भन्दामाथि पुर्‍याउने राष्ट्रिय अर्थतन्त्र निर्माण गरिनेछ । यसैका माध्यमबाट निरपेक्ष गरीबीको रेखामुनिको जनतालाई उक्त अवस्थाबाट मुक्त गरिनेछ । यस शताब्दीको अन्त्य अर्थात् २०९९ सालसम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र सामाजिक विकासका योजना र कार्यक्रमहरू अगाडि बढाइने छन् ।’ एक दशकमा प्रतिव्यक्ति आय १,०८४ डलरबाट ५ हजार डलर पुर्‍याउने घोषणा गर्नुको तात्पर्य हो, प्रतिव्यक्ति आयको वार्षिक औसत वृद्धिदर १६ दशमलव ५ प्रतिशत कायम हुनु । तर, प्रचलित मूल्यमा प्रतिव्यक्ति आय २०७४ को १,०२८ डलरबाट २०७९ मा १,३३६ डलर मात्र प्राप्त हुन सक्यो । वार्षिक औसत १६ दशमलव ५ प्रतिशतले वृद्धि भएको भए २०७९ मा प्रतिव्यक्ति आय २,२६७ हुनुपथ्र्यो जबकि वास्तविकतामा पाँचवर्षे अवधिमा प्रचलित मूल्यमा प्रतिव्यक्ति आयको वार्षिक औसत वृद्धिदर ५ दशमलव ४ प्रतिशत मात्र भएको देखिन्छ । यही दरले वृद्धि भएमा २०८४ मा प्रतिव्यक्ति आय १,७३८ डलर मात्र पुग्नेछ जुन प्रक्षेपित आय (५ हजार डलर) को ३४ दशमलव ८ प्रतिशत मात्र हुन आउँछ । अर्को शब्दमा भन्नुपर्दा, वार्षिक औसत वृद्धिदर ५ दशमलव ४ प्रतिशतले प्रतिव्यक्ति आय २०७९ को १,३३६ डलरबाट भविष्यमा ५ हजार डलर पुर्‍याउन अरू २५ वर्ष २ महीना लाग्नेछ जुन विसं २१०४ मा मात्र सम्भव हुनेछ । यसरी, प्रचलित मूल्यमा प्रतिव्यक्ति आय २०७४ को १,०२८ डलरबाट २०७९ मा १,३३६ डलर हुनेगरी आर्थिक विकासका योजना, नीति र कार्यक्रम सञ्चालन गर्ने नेतृत्व, क्षमता, जनशक्ति र दूरदृष्टि परिचालन गर्ने क्षमता र योग्यता भएको दलको सरकारले २०७९ मा प्रतिव्यक्ति आय २,२६७ डलर पुर्‍याइनेछ भनी ९३१ डलर बढी प्रक्षेपण भएकाले आयको आकलन र त्यसमा सुधार गर्ने कार्यमा गम्भीर खेलवाड भएको स्पष्ट भएको छ । त्यस्तै, २०८४ मा ५ हजार डलर पुर्‍याउने भनिएकोमा अहिलेको हिसाबले १,७३८ डलर मात्र प्राप्त हुने देखिनुले उक्त वर्षमा ३,२६२ डलर (८७ दशमलव ७ प्रतिशत) बढी आकलन भएको देखिएको छ ।  स्मरणीय छ, घोषणापत्रले २०८४ मा नै कम्तीमा ५ हजार डलर प्रतिव्यक्ति आय पुर्‍याउने र यस शताब्दीको अन्त्य (अर्थात् २०९९ साल) सम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने अविश्वसनीय वाचा गरेको थियो । यसरी, नेपाललाई २०९९ सालसम्म समुन्नत राष्ट्रको स्तरमा रूपान्तरणको त के कुरा सबभन्दा पछिल्लो पाँच–वर्षे अवधिमा प्राप्त भएको प्रचलित मूल्यमा प्रतिव्यक्ति आयको वार्षिक औसत वृद्धिदर (५ दशमलव ४ प्रतिशत) को हिसाबमा २०९९ मा नेपालको प्रतिव्यक्ति आय ३,८१८ डलर मात्र पुग्ने देखिनुले हामीमा धेरै बोल्ने र काम केही र थोरै मात्र गर्ने बानी परेको देखिन्छ । २०८४ मा ५ हजार डलर पुर्‍याउने वाचा यसको २० वर्षपछि (अर्थात् २१०४ मा) मात्र प्राप्त हुने देखिन्छ । यसरी, अभाव, आकाशिँदो मूल्यवृद्धि, असुविधा, बेरोजगारी, गरीबी, दुरुहता र दुर्भेद्यताको जीवन बाँच्न बाध्य पारिएका नेपालीजनलाई शीघ्र विकास र समृद्धिको झूटा वाचा गर्ने गरिएको छ । ती वाचा पूरा गर्न ठोस काम भने भएको देखिँदैन । त्यसैले, संवैधानिक, कानूनी, प्रणालीगत, संस्थागत र संस्कारगत आदर्श, सिद्धान्त र मूल्यमान्यताको विकास, सुधार, उन्नयन र परिपालनाको संवद्र्धन एवम् सुनिश्चितताद्वारा राजनीतिक क्षेत्रलाई विश्वसनीय, इमानदार, उत्तरदायी र जवाफदेही नबनाउँदासम्म यथास्थितिमा हुने आवधिक निर्वाचन र त्यसमा आधारित राजनीतिक प्रक्रिया र प्रणालीले राष्ट्र र जनताको अवस्था, सम्भावना, अवसर र भविष्यमा सकारात्मक योगदान दिन नसक्ने माथिको दृष्टान्तबाट प्रमाणित हुन्छ ।   लेखक अर्थविज्ञ हुन् ।

सम्बन्धित सामग्री

१० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा

सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य बुधबार पूरा भएको छ । १ जनवरीदेखि बुधबार राति ९ बजेसम्म १० लाख एक हजार ८४४ विदेशी पर्यटक भित्रिए । सन् २०२२...

पूरा भएन नेपालगन्ज भन्सारको लक्ष्य

नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ ।अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रुपमा असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने लक्ष्यको ८८.५ प्रतिशत मात्रै असुली गरेको हो । पछिल्लो १० वर्षमा कार्यालय दोस्रोपटक लक्ष्य पूरा गर्न असफल भएको छ ।कार्यालयका भन्सार अधिकृत नवकुल शर्माका अनुसार […]

धुलिखेलमा ‘दिगो विकास’का चार लक्ष्य पूरा

धुलिखेल नगरपालिकाले सहस्राब्दी दीगो विकास लक्ष्यका चार लक्ष्य पूरा गरेको जनाइएको छ । दीगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा दीगो विकास लक्ष्यका चार सूचक पूरा गरेको जनाउँदै ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबीसमेत गरिएको छ ।  निर्वाचित जनप्रतिनिधि आएपछि नगरको गरिबीको अवस्था १४ बाट चार प्रतिशतमा झरेको, न

युक्रेनमा सबै लक्ष्य पूरा गरिछाड्ने पुटिनको अडान

काठमाडौं– युक्रेनमा आफ्ना सबै लक्ष्य पूरा गरिछाड्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जनाएका छन् । राजधानी मस्कोबाट ५ हजार ५ सय किलोमिटर पूर्वमा रहेको भोस्तोच्नी कोस्मोड्रोम नामक अन्तरिक्ष केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युक्रेनमा रुसले सबै उद्देश्य पूरा गरिछाड्ने अडान व्यक्त गरेका हुन् । कोस्मोड्रोमका कामदारले युक्रेनमा जारी ‘सैनिक कारवाही’ बाट लक्ष्य पूरा हुन्छ वा […]

गोरखामा कोरोना खोप लक्ष्य अनुसार पूरा भएन

गोरखामा कोभिड १९ विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ। स्थानीय तहले खोप नलगाउनेहरुको खोजी गर्दै खोप लगाउन अनुरोध गरिरहेका छन्। तर पनि लक्ष्य अनुसार कोडिभ १९ विरुद्धको खोप पूरा भएको छैन।...

खोप लक्ष्य पूरा नहुने संकेत

काठमाडौं, असोज २५ । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ। हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो। नेपालमा १८ वर्ष उमेरमाथिको १ करोड ९९ लाख जनसंख्या […]

जेठमै पूरा भयो नेपालगन्ज भन्सारको लक्ष्य

नेपालगन्ज भन्सार कार्यालयको चालु आर्थिक वर्षको लक्ष्य जेठ महिनामै पूरा भएको छ । कार्यालयले चालू आर्थिक वर्ष सकिन एक महिना अगावै वार्षिक लक्ष्य भन्दा १ अर्ब भन्दाबढी राजस्व असुली गरेको हो । कार्यालयको यस वर्षको लक्ष्य १८ अर्ब भएपनि ११ महिनामै १९ अर्ब भन्दा बढी राजस्व असुली गरी वार्षिक लक्ष्य भन्दा १ अर्ब बढी उठाउन […]

युभेन्टसमा मेरो लक्ष्य पूरा भयो : रोनाल्डो

काठमाडौं। पोर्चुगिज फुटबलर क्रिष्टियानो रोनाल्डोले युभेन्टसमा आफूले तय गरेको लक्ष्य पूरा भएको बताएका छन्। उनको भष्यिबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला इन्स्टाग्राममार्फत उनले आफू रियल मड्रिडबाट आउँदा युभेन्टसका लागि तय गरेको गोल लक्ष्य पूरा गरेको बताएका हुन् । २०१८ मा युभेन्टस आएका उनले क्लबका लागि १ सय गोल पूरा गरिसकेका छन्।उनले रियल मड्रिडबाट ४५० तथा म्यानचेस्टर युनाइटेडबाट ११८ गोल गरेका छन्।