उरुग्वेलाई हराउँदै पोर्चुगल राउण्ड अफ १६ मा

पोर्चुगलले विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ।लुसाइल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।ब्रुनो फर्नाण्डेसको दुई गोलमा पोर्चुगलले उरुग्वेमाथि जित हासिल गरेको हो। खेलको ५४ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको इन्जुरी समयमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै उनले पोर्चुगललाई २–० को जित दिलाए । पोर्चुगलले समूह ‘एच’ बाट निरन्तर दुई खेल जित्