सुत्केरी व्यथा लागेर अस्पताल जाँदा ट्राफिक जाम, सडकमै जन्मियो बच्चा !

शहरी क्षेत्रमा सार्वजनिक र निजी सवारीसाधनका कारण ट्राफिक जाम हुने गरेको छ । भारतको राजस्थानमा सडक जामका कारण सुत्केरी व्यथा लागेकी महिलाले दुःख भोग्नुपरेको छ । व्यथा लागेपछि महिलालाई भरतपुरको जिल्ला अस्पताल लैजान खोजिएको थियो । तर सडकमा प्रदर्शन र ट्राफिक जामका कारण उनलाई कुनै गाडी मिलेन । व्यथाले च्यापेकी महिलाले बाटोमै बच्चा पाइन् । सडकमै रहेकी एक शिक्षिकाले मानवता देखाउँदै उनलाई सहयोग गरिन् । भरतपुरको गोविन्दपुरा गाउँकी पिंकी देवी देउरानीसँगै अस्पताल जान लागेका बेला सडकमै बच्चा जन्मिएको भारतीय सञ्चारमाध्यम...