काठमाडौं : चावहिल-साँखु सडकखण्डअन्तर्गत मूलपानीका स्थानीय सडक कालोपत्रे माग गर्दै मंगलबार आन्दोलनमा उत्रिए। लामो समयदेखि हिलो र धुलोको सास्ती भोगेका स्थानीयले आन्दोलनबिना सडक कालोपत्रे नहुने भन्दै आन्दोलनमा उत्रिएका हुन्।करिब ८ वर्षदेखि अलपत्र रहेको सो सडक मर्मत गर्नका लागि आन्दोलनको विकल्प नदेखेर सडक आन्दोलन गर्नु परेको स्थानीय हरिबहादुर थापाले सुनाए। आफ्नो माग सम्बोधन नभएसम्म सडक नखोल्ने उनीहरूको तर्क छ। सो सडकको ठेक्का बज्रगुरु र च्याङ मिलर खानी जेभीले पाएको छ। वर्षाैंदेखि