नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फाेट : दुई जना घाइते

बाँके - बाँकेको नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फाेट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरमा डिल्ली क्षेत्रीको कोठामा बम विस्फाेट भएको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा हिजो बेलुका बम बनाउने क्रममा विस्फाेट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि भाग्न खोज्दा प्रेसर कुकर बम विस्फाेट भएको थियो । विस्फाेटबाट क्षेत्री र धर्म बडुवा...