प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, संसद् अवरोध गर्ने कांग्रेसको संकेत

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा सोमबार विश्वासको मत लिने कार्यक्रम भए पनि कांग्रेससहित विपक्षी दलले संसद् अवरोध गर्न सक्ने भएकाले अन्योल देखिएको छ ।  कांग्रेसले संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलसँग सहकारी ठगी छानबिनका लागि संसदीय समितिको गठन र प्रधानमन्त्री दाहालले विश्वासको मत लिने सन्दर्भमा आइतबार बिहान छलफल गरेको थियो ।