बहुचर्चित र विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्ततोगत्वा टुङ्गोमा पुगेको छ । १२ बुँदे व्याख्यात्मक घोषणासहित संसद्बाट एमसीसी आइतबार राति ९ बजे पारित भएको छ ।सत्ता गठबन्धन सम्बद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा एमसीसी पास भएको हो । फागुन ८ गते एमसीसी संसद्मा टेबुल हुँदा काँग्रेस एक्लिए पनि पारित गर्ने बेला गठबन्धन एकट्ठा भएको छ ।माओवादी केन्द्र र एकीकृत समाजवादीले स