हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित, स्वीडेन स्तब्ध

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले स्वीडेनलाई ३–२ अन्तरले पराजित गरेको छ । रोमाञ्चक बनेको खेलमा नर्वेलाई जिताउन युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, एलेक्सजेण्डर सोर्लोथले एक गोल गरे ।   स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टोरले सान्त्वना गोल गरे । जितसँगै नर्वेले ४ खेलबाट १० अंक जोड्दै समूह बी ४ मा शीर्ष स्थानमा छ । स्वीडेन ३ अंक जोडेर तेस्रो स्थानमा छ ।