गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय नगरी पोखरा चौबिसै घण्टा खुल्ला गर्न सरकार तयार रहेको बताएका छन् । पोखराको लेकसाइडमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरेको ‘पोखरामा सडक महोत्सव’को उद्घाटन गर्दै उनले स्थानीय जनता र व्यवसायीको साथ पाएको अवस्थामा पर्यटकीय क्षेत्र लेकसाइड २४ घण्टा खुलाउन सकिने बताएका हुन् । गृहमन्त्री खाँणले पोखरा चौबिसै घण्टा खुलाउनका लागि जनता, व्यवसायी र राजनीतिक पार्टीहरु सहमत भएको अवस्थामा सरकार आवस्यक ब्यवस्था